३ कार्तिक २०८३, मंगलबार

रहेनन् रवि लामिछानेका सवारी चालक ‘शम्भु’

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको निधन भएको छ।

सवारी चालक दिलबहादुर थापा ‘शम्भु’ को आज उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उनको दिउँसो १:३५ बजे निधन भएको हो ।

उपनिर्वाचनको प्रचार प्रसारका लागि चितवनमा रहेका बेला बैशाख ४ गते शम्भु सभापति लामिछानको घरको छतबाट राति खसेका थिए ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापाको सुरूमा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।