
काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादु चौधरीले संसदबाट विश्वासको मत पाएका छन् । चौधरीको पक्षमा पक्षमा ५३ मत खस्यो भने विपक्षमा २९ मत खस्यो। राप्रपा तटस्थ बस्यो ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलले पक्षमा मत दिए भने एमालेले विपक्षमा मत हाल्यो।
एमालेका लिला गिरी नेतृत्वको सरकार ढलेपछि चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए । ८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।















प्रतिक्रिया