३ कार्तिक २०८३, मंगलबार

भारतमा उपचार गर्दा लागेको खर्च राष्ट्रपति आफैँले ब्यहोर्ने

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गर्दा लागेको खर्च आफैँ ब्यहोर्ने घोषणा गरेका छन् ।

राष्ट्रपति पौडेललका प्रेस संयोजक खिला कार्कीले विज्ञप्ति जारी गर्दै उपचार गर्दा लागेको खर्च राष्ट्रपति स्वयंमले ब्यहोर्ने जानकारी दिएका हुन् । राज्यकोषको पैसाले भारतमा गएर उपचार गरेको भन्दै राष्ट्रपतिको चर्को आलोचना भएको थियो ।

छातीमा समस्या देखिएपछि उपचारका लागि भारत गएका राष्ट्रपति पौडेल आइतबार स्वदेश फर्किएका छन्। एघार दिनको उपचारपछि पौडेल स्वदेश फर्किएका हुन् ।

उनको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो ।