३ कार्तिक २०८३, मंगलबार

एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । काठमाडौंमा भएको एसिसी प्रिमियर कप च्याम्पियन बन्दै एसीया कपमा स्थान बनाएको नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई दिँदै खेलाडीहरूलाई सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ प्रचण्डले लेखेका छन् ।

विजेता बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ।