३ कार्तिक २०८३, मंगलबार

पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोराविरूद्व पनि पक्राउ पुर्जी जारी भएको छ ।

बुबा इन्द्रजितसँगै छोरा निरज राई पनि ठगीमा संलग्न रहेको पाइएपछि पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरीले इन्द्रजितलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरेको थियो । उनका छोरा निरज भने विदेशमा रहेका बताइएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोगमा प्रहरीले यसअघि नै केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरिसकेको छ ।