१ कार्तिक २०८३, शनिबार

यूएईलाई हराउँदै नेपाल एसिया कपमा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । नेपाल एसीसी प्रिमियर कपको उपाधि जितेको छ ।

यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको हो । अपराजित रुपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले। नेपालले अब एसिया कप खेल्नेछ ।

पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ। एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ।

एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ‘ए’ मा हुनेछन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।