१ कार्तिक २०८३, आइतबार

नेपाल र युएईबीचको फाइनल खेल सुचारु

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको सोमबारको बाँकी फाइनल खेल सुचारु भएको छ । हिजो सोमबारको खेल वर्षाले रोकिएपछि बाँकी खेल आज रोकिएकै ओभरबाट सुचारु भएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।

अब नेपाल युएईलाई अलआउट गर्न एक विकेटमात्र बाँकी रहेको छ ।

हिजो भएको खेलमा नेपालका लागि ललित राजबंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिएका थिए । त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एक/एक विकेट लिएका थिए ।

आज उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।