१ कार्तिक २०८३, शनिबार

नेपाल र यूएईबीचको फाइनल खेलमा दर्शकलाई प्रवेश निःशुल्क

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको सोमबारको बाँकी फाइनल खेलमा आज दर्शकलाई निःशुल्क प्रवेश दिइने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले दर्शकलाई निःशुल्क प्रवेश दिइने जनाएको छ ।

हिजो सोमबारको खेलमा साधारण टिकट २ सय रुपैयाँ राखिएको थियो ।

तर वर्षाको कारण फाइनल खेल पूरा हुन नसकेपछि बाँकी खेल आज हुन लागेको हो । बाँकी खेल सोमबार रोकिएकै ओभरबाट सुरु हुनेछ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजेबाट सुरु हुँदैछ । सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेनको थिएन ।