
काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलको नेतामा पुन: रवि लामिछाने चयन भएका छन् ।
सोमबार बसेको संसदीय दलको नेताले पार्टी सभापतिसमेत रहेका लामिछानेलाई पुन: संसदीय दलको नेता चयन गरेको हो ।
संसदीय दलको बैठक बस्नुअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गर्न संसदीय समितिलाई निर्देशन दिएको थियो ।
सर्वोच्च अदालतले नागरिकता विवादमा लामिछानेलाई दोषी ठहर गरेपछि सांसद पदसहित संसदीय दलको जिम्मेवारीबाट पनि मुक्त भएका थिए । उनी मुक्त भएपछि डिपी आर्याल संसदीय दलको नेता बनेका थिए ।
अर्यालले आइतबार संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।















प्रतिक्रिया