
काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी विवादमा सर्वोच्च अदालतमा जवाफ पठाइएका छन् ।
लामिछानेले मुद्दा चलाउने वा नचलाउने अधिकारी महान्यायाधिवक्ताको भएको उल्लेख गर्दै रविले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्व दायर रिट खारेज हुनुपर्ने दाबी गरेका हुन् ।
नागरिकता विवादमा सर्वोच्चले फैसला गरेको र सोही अनुरुप आफूले पुन: नागरिकता प्राप्तिको प्रक्रियासमेत पूरा गरेको दाबी गरेका छन्।
जिल्ला सरकारी वकिल, उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ता कार्यालयमा समेत तहगत टिप्पणी उठाएर मुद्दा नचल्ने निर्णय भएको र मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई नै भएकाले यसमा थप रिट दायर गर्नुको औचित्य नहुने उनले बताएका छन् ।
राहदानी विवादमा रविलाई सफाई दिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्व युवराज सफल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो।















प्रतिक्रिया