३ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा विभिन्न विभागका प्रमुख चयन, कुन विभागको जिम्मेवारी कसलाई ? (सूचीसहित)

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले विभाग गठन र गठन भएका विभागलाई अध्यावधिक गर्ने निर्णय गरेको छ ।

बैठकले नीति तथा विभाग विभागको प्रमुखमा डा मुकुल ढकाल चयन भएका छन् ।

यसैगरी प्रशिक्षण विभागको प्रमुखमा पनि ढकाल नै चयन भएका छन् । संगठन विभागको प्रमुखमा कविन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभाग विपीन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् ।

बैठकले मानवीय विकास प्रवर्द्धन विभागको प्रमुखमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभागमा रामकृष्ण भट्टराई, नेतृत्व क्षमता तथा मानव संशोधन विभाग खुस्बुसरकार श्रेष्ठ, जनसम्पर्क विभाग दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग हरि ढकाल, आर्थिक व्यवस्थापन विभाग निमा अधिकारी, गुनासो व्यवस्थापन विभाग डा चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभाग अरनिको पाँडे, तथ्यांक अनुसन्धान विभाग मनिष झा चयन भएका छन् ।