
काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीेको केन्द्रीय समिति बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसिररहेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्ने निर्णय गर्नेछ । यसअघि सरकारको नीति तथा कार्यक्रममा रास्वपाले राखेका एजेण्डा सरकारले हटाएको भन्दै सभापति रवि लामिछानेले समर्थन कायम राखिरहनुको कुनै औचित्य नहुने प्रतिक्रिया दिएका थिए ।
सभापति लामिछानेले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेरै नीति तथा कार्यक्रमबाट आफ्ना एजेण्डा हटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले भने पुन: रास्वपाका एजेण्डा समेट्ने भन्दै समर्थन फिर्ता नलिन र सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर, लामिछानेले प्रचण्डको प्रस्तावमा सकारात्मक जवाफ दिएका छैनन् । जसले गर्दा आजको बैठकले सरकारको समर्थन फिर्ता लिने सम्भावना रहेको छ ।
यस्तै, आजै केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक पनि बस्दैछ । संसदीय दलको बैठकले पार्टी संसदीय दलको नेतामा पुन रवि लामिछानेलाई नै चयन गर्नेछ ।
यसअघि सर्वोच्च अदालतको आदेशपछि सांसदसहित संसदीय दलको नेताबाट पनि बाहिरिएका थिए । चितवन-२ बाट पुन निर्वाचित भएर आएसँगै लामिछाने नै पुन: संसदीय दलको नेता बन्न लागेका हुन् ।
लामिछाने पदच्यूत भएपछि डिपी आर्याल संसदीय दलको नेता बनेका थिए । अर्यालले आइतबार दलको नेताबाट राजीनामा दिएका थिए ।















प्रतिक्रिया