३ कार्तिक २०८३, मंगलबार

सुडानमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा आउन सरकारको आग्रह

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । यद्धग्रस्त सुडानमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा आउन सरकारले आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दूतावासको सम्पर्कमा रहन आग्रह गरेको हो । मन्त्रालयले नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहेको र कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको जानकारी पनि दिएको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास, कायरोसँग सम्पर्कमा रहेका मन्त्रालयले जानकारी दिएको छ । यस्तै, कायरोस्थित नेपाली राजदूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा सुरक्षित तवरले सकुशल आइपुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ।

नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जना नेपालीहरुमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेका छन्।

यस्तै, एक जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्याउने प्रयास भइरहेको छ भने तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको र दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सीमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको राजदूतावासले जानकारी गराएको छ।