३ कार्तिक २०८३, मंगलबार

सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीले सभामुखसँग माग्यो सहयोग

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । नेपाल प्रहरीले फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सभामुख देवराज घिमिरेको सहयोग मागेको छ ।

नेकपा (एमाले) का सांसद कोइरी फरार रहेको भन्दै पक्राउका लागि प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई पत्र पठाएको हो । गत शुक्रबार प्रतिनिधिसभाको बैठकमा कोइरीको अनुपस्थितिको सूचना प्रस्तुत भएर पनि फिर्ता भएको थियो ।

सुरुमा सभामुख घिमिरेले कोइरी अस्वस्थ रहेको सूचना प्रस्तुत गरेपछि सांसदहरुले विरोध गरेका थिए । त्यसपछि कोइरीको अनुपस्थितिको सूचना हटाएर अरु सांसदको अनुपस्थितिको सूचना मात्रै प्रस्तुत गरिएको थियो ।

गत चैत १९ गते पारित भएको प्रतिनिधि सभाको नियमावलीको नियम २४८ को उपनियम ३ मा ुअदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछु भन्ने व्यवस्था छ।

नियमावलीको यो व्यवस्था अनुसार अब सांसद कोइरी निलम्बनमा पर्नेछन्।

यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो।

प्रहरीले पठाएको पत्र सभामुख घिमिरेले अध्ययन गरिरहेका संसद सचिवालयले जानकारी दिएको छ ।