३ कार्तिक २०८३, मंगलबार

रविजीलाई रोजेकै मन्त्रालय दिने अवस्था छैन: प्रधानमन्त्री प्रचण्ड

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिन नसकिने बताएका छन् ।

चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले अहिले रवि लामिछानेले रोजेको मन्त्रालय दिन नसक्ने स्पष्ट पारेका हुन् ।

‘उहाँले स्वभावैले पहिलाको मन्त्रालय खोज्नु अस्वभाविक चाहिँ होइन। मलाई लाग्दैन उहाँ त्यसमै अडिग हुनु हुन्छ। तर अहिले उहाँले रोजेकै मन्त्रालय दिने अवस्था छैन। मैले यता गठबन्धनमा पनि सल्लाह गर्नुपर्छ। हामी सल्लाह गरेर टुंगो लगाउँछौँ। रोजेकै मन्त्रालय दिने भन्ने कुरा त्यति सहज छैन,’प्रधानमन्त्रीले भने ।

लामिछानेले यही मन्त्रालय चाहिन्छ भनेर दाबी नगरेका पनि प्रचण्डले बताए । उनले मन्त्रालय नपाएकै खण्डमा रास्वपाले सरकारको समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरे ।