
काठमाडौं, १८ वैशाख । काठमाडौंमा जारी एसीसी प्रिमियर कपअन्तर्गतको नेपाल र यूएईबीचको फाइनल खेल वर्षाले प्रभावित भएको छ ।
वर्षा भएसँगै अहिले खेल रोकिएको छ । यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ ।
नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका छन् । सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ ।
तर, सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।















प्रतिक्रिया