
काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई तेस्रो सफलता मिलेको छ ।
नेपालका लागि तेस्रो विकेट पनि करण केसीले लिएका छन् । उनले युएईका आर्यन लार्कालाई आउट गरेका हुन् ।
लार्काले २७ बलमा १३ रन बनाएका थिए ।
यसअघि पनि केसीले नै यूएईका वृत्या अरविन्दलाई आउट गरेका थिए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलको ८ ओभरमा युएईले तीन विकेटको क्षतिमा ३५ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया