
काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालका लागि करण केसीले दोस्रो विकेट लिएका हुन् । उनले यूएईका वृत्या अरविन्दलाई आउट गरेका हुन् ।
यसअघि नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए । उनले युएईका कप्तान मोहम्मद वासिमलाई आउट गरेका थिए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलको ४.५ ओभरमा युएईले २ विकेटको क्षतिमा २८ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया