३ कार्तिक २०८३, मंगलबार

अमेरिकाको सिएटलमा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सान फ्रान्सिस्को, १८ वैशाख । अमेरिकाको वाशिङ्टन राज्यको सिएटलस्थित क्याल एन्डरसन पार्कमा शनिबार राति दुई जनाको गोली हानी हत्या भएको छ ।

सो घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । एक जनाको घटनास्थलमै र दोस्रोको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी गम्भीर चोटपटक लागेका अर्का एकजना घाइतेको उपचार भइरहेको बताइएको छ । सिएटलका प्रहरी प्रमुख एड्रियन डियाजले आइतबार बिहान सो घटनाको विवरण सार्वजनिक गरेका छन् । सिन्ह्वा