१ कार्तिक २०८३, शनिबार

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन र त्रिभुवन आर्मी क्लबले खेले बराबरी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार हिमालयन र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

शनिबार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आइतबार भएको हो । शनिबार भारी वर्षा र चट्याङको कारण हिमालयन र आर्मीबीचको खेल ७१ औं मिनेटमा रोकिएको थियो ।

आइतबारको खेलमा नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । आर्मीले १३ खेलमा २० अंक जोडेको छ ।