३ कार्तिक २०८३, मंगलबार

सरकार र महावीर पुनबीचको वार्ता सकारात्मक, के-के भयो निर्णय ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता सकिएको छ ।

रक्षा मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको संस्थापक पुनले जानकारी दिएका छन् । वार्ताकै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसमेत दुई पटक फोन गरेका उनले जानकारी दिए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच वार्ता भएको हो ।

वार्तामा आज साँझ पाँचबजेसम्म टोली गठन गर्ने सहमति भएको छ । ‘अहिले हामीले बसेर कसरी अगाडि जाने भनेर निर्णय गरको छौं । आज बेलुका पाँच बजेभित्र टोली गठन गर्ने निर्णय भएको छ । आज भ्याइयो भने रातारात छलफल गर्ने, नभ्याए भोलिसम्म आन्दोलनका माग पूरा गर्ने निर्णय भएको छ । छलफल एकदमै सकारात्मक छ । हामीले रक्षामन्त्रीसँग वार्ता गर्दागर्दै दुई पटक प्रधानमन्त्रीले फोन गर्नुभयो । अहिलेसम्म सकारात्मक छ । भोलि कागजमा कस्तो हुन्छ हेर्नुपर्छ,’पुनले भने ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा सरकारले वेवास्ता गरेको भन्दै पुन समर्थकसहित आन्दोलनरत छन् ।