
काठमाडौं, १७ वैशाख । काठमाडौंको कपनमा निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका विनोद विकसँग प्रहरीले प्रारम्भिक बयान लिएको छ ।
झापाबाट पक्राउ परेका विनोदले प्रारम्भिक बयानका क्रममा लुटपाटका लागि निराको हत्या गरेको बताएका स्रोतले जानकारी दिएको छ । सो क्रममा विनोदले निराको घाँटीमा लगाएको सुनको सिक्रिसमेत लिएर भागेको खुलेको छ ।
विनोदको काठमाडौंस्थित डेराबाट प्रहरीले निराको हत्यामा प्रयोग गरिएको चक्कु, रगत लागेको कपडा पनि बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार विनोद निरालाई मार्ने उदेश्यले नै नगएका तर निराले प्रतिरोध गरेपछि हत्या गरेको बयानका क्रममा बताएका छन् ।
निराको गत वैशाख ७ गते दिउँसै उनकै पसलमा हत्या भएको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया