
काठमाडौं, १७ वैशाख । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कोरोबार भइरहेको छ ।















प्रतिक्रिया