१ कार्तिक २०८३, शनिबार

एसीसी प्रिमियर कपः तेस्रो स्थानका लागि कुवेत र ओमान भिड्दै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि आज कुवेत र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

शनिबार नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित ओमानबीच प्रतिस्पर्धा हुन लागेको हो ।  खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल खेल भने भोलि सोमबार हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र युएई भिड्ने छन् ।

प्रतियोगिताको उपाधि विजेताले एसिया कप खेल्न पाउनेछ । एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तानसँग खेल्नेछ ।