शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा, कोशी नाम फेरेर देखाउन ओलीको चुनौती

दैनिक नेपाल २०८० वैशाख १६ गते २०:२८

काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलका क्रममा भारी वर्षा भएपछि नेपाल र कुवेतबीचको खेल रद्द भएको छ ।

खेल रद्द भएसँगै नेपाल सोझै फाइनलमा पुगेको छ । खेल नतिजाविहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको थियो । निरन्तर वर्षाले प्रभावित खेलमा ८–८ ओभर घटाइएको थियो ।

हेरौँ शनिबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित