
काठमाडौं, १६ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सशस्त्र द्वन्दका अयोग्य लडाकुलाई रकम दिने बिषयमा अनावश्यक हल्ला चलाइएको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १४औं प्राज्ञसभा उद्घाटन गर्दै मन्त्री किराँतीले अयोग्य लडाकुलाई रकम दिने निर्णय बिष्णु पौडेल अर्थमन्त्री हुँदा भएको भन्दै अहिले यस बिषयमा अनावश्यक हल्ला चलाइएको आरोप लगाएका हुन् ।
उनले अयोग्य लडाकुले मुद्धा लडेर जितेर आएको कुरा भएको र अदालतले गरेको फैसलालाई सरकारले अघि बढाएको जिकिर गरे । उनले केही दिनअघि फ्लाई दुवईको जहाजका बिषयमा पनि अनावश्यक हल्ला फैलाइएको उल्लेख गरे ।
मन्त्री किराँतीले बुद्ध जयन्तीमा बुद्ध सर्किट राष्ट्रका लागि निशुल्क मन्त्रीपरिषद्मा प्रस्ताव लगेको र केही मन्त्रीहरुले नमानेका कारण आफ्नो प्रस्तावको मृत्यु भएको बताए ।
किराँतीले मुलुकको पर्यटनलाई अघि बढाउनका लागि सबै सरोकारवालाबीच हातेमालो गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।















प्रतिक्रिया