३ कार्तिक २०८३, मंगलबार

देव गुरुङले चुनावमा कति खर्च गरे ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देव गुरुङ

काठमाडौं, १६ वैशाख । नेकपा माओवादी केन्द्रका महासचिव तथा मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा लमजुङबाट पराजित प्रतिनिधि सभा सदस्य उम्मेदवार देवप्रसाद गुरूङले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

गुरूङले आफ्नो चुनावी खर्च २४ लाख ५२ हजार २२५ रुपैयाँ सार्वजनिक गरेका हुन् । खर्च विवरण अनुसार सबैभन्दा बढी प्रतिनिधि परिचालनमा ८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

यसैगरी, मतदाना नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामाग्री ३ लाख ३९ हजार ३ सय ५०, गोष्ठी अन्तरक्रिया ८ स्थानमा १ लाख ५० हजार, सवारी साधन २ वटाको ३ लाख खर्च भएको छ भने ढुवानी खर्च १ लाख, कार्यालय सञ्चालन ३ लाख ३६ हजार ४ सय, इन्धन डिजेल पोट्रोल ३ लाख ३३ हजार ४ सय ७५ र प्रचारप्रसार एवं प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।