३ कार्तिक २०८३, मंगलबार

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका चौधरीले सोमबारनै विश्वासको मत लिने भएका हुन् ।

नेकपा (एमाले) का लिला गिरीले संसदबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि चौधरी मुख्यमन्त्री बनेका हुन् । गठबन्धन दलको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीनरतीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) का एक/एक जना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन छ।