
काठमाडौं, १६ वैशाख । विभिन्न माग राख्दै काठमाडौंको न्यूरोडस्थित भूगोलपार्कमा अनशनरत नुवाकोटका श्रीराम घिमिरेको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् ।
किसानका समस्या सम्बोधन गर्न माग गर्दै घिमिरे वैशाख ५ गतेदेखि अनशनरत रहेका छन् । प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शङ्करदास बैरागीमार्फत माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा उनको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिए ।















प्रतिक्रिया