१ कार्तिक २०८३, आइतबार

बीबीसीका अध्यक्ष रिचार्ड शार्पद्वारा राजीनामा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १६ वैशाख । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनका लागि करिब १० लाख अमेरिकी डलर ऋणको व्यवस्था गर्न सहयोग गरेको खुलासा भएपछि ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिएका हुन् ।

सार्वजनिक प्रसारकको निर्देशक नियुक्त हुनुअघि नै ऋण लिइएको हुनाले उनले यस व्यवस्थामा संलग्नता र स्वार्थको द्वन्द्वको सम्भावनालाई अस्वीकार गरेका थिए । सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री जोनसनले शार्पको नाम सार्वजनिक गर्नुभन्दा केही हप्ताअघि जोनसनले ऋण लिने प्रयास गर्दा मध्यस्थकर्ताको रूपमा काम गरेको खुलासा भएपछि पूर्व बैंकरलाई राजीनामा दिन दबाब परेको थियो ।

सीएनएनले रिपोर्ट गरेको समाचारमा शार्पले बताए अनुसार यो उल्लङ्घन ‘अन्जान र भौतिक’ थिएन । उनले ‘बीबीसीको हितलाई प्राथमिकता दिन’ आफूले पद छोड्न लागेको बताएका थिए ।

गत फेब्रुअरीमा रिचार्ड शार्पले आफूले ‘ऋणको व्यवस्था नगरेको’ बताएका थिए । सीएनएनका अनुसार टेलिभिजन वा स्ट्रिमिङ उपकरणका साथ प्रत्येक घरबाट सङ्कलन गरिने वार्षिक १५९ पाउन्ड (१९३ अमेरिकी डलर)को लाइसेन्स शुल्कबाट समर्थित बीबीसीले यस वर्ष सरकारको आप्रवासन नीतिको विरोध गरेको भन्दै आफ्ना लोकप्रिय फुटबल टिप्पणीकार ग्यारी लिनेकरलाई निलम्बन गरेपछि सबैको ध्यान आकृष्ट भएको छ ।

यद्यपि, पूर्व इङ्गल्याण्ड फुटबल कप्तानले उनका साथी प्रस्तोताहरूले आफ्नो भनाई नराखी नजान आग्रह गरपछि अन्ततः उनले आफ्नो काम फिर्ता पाएका थिए । सिन्ह्वा