
काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालको तेस्रो विकेट गुमेको छ ।
ओपनर ब्याट्म्यान कुशल भुर्तेल, आशिफ शेख र भीम सार्की आउट भएका हुन् ।
भुर्तेल ४३ रन जोडेर आउट भएका हुन् भने शेख ३१ रन बनाएर आउट भए । यस्तै सार्की एक रनमा आउट भए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले तीन विकेटको क्षतिमा १३ ओभरमा ८१ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया