
काठमाडौं, १६ वैशाख । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज शनिबार सेमिफाइनलका दुबै खेल हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा समूह ‘ए’ को विजेता घरेलु टोली नेपाल र समूह ‘बी’को उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुँदैछ भने मुलपानी क्रिकेट मैदानमा समूह ‘ए’ को उपविजेता ओमानले समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।
त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग वर्षाका कारण प्रभावित भएपछि अंक बाँडेको थियो ।
समूह ‘बी’ मा रहेको कुवेतले बिहीबार भएको समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनल नेपालसँगको भेट पक्का गरेको थियो ।
नेपाल र कुवेत तथा ओमान र युएईबीचको विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो स्थानका लागि वैशाख १७ गते खेल हुनेछ । फाइनल खेल भने वैशाख १८ गते हुनेछ ।
प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउनेछ । एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तानसँग खेल्नेछ ।















प्रतिक्रिया