३ कार्तिक २०८३, मंगलबार

पूर्वराजालाई ओलीको चेतावनी- हिसाब किताब गर्न सुरु गर्न नपरोस्, छोराबुहारी अगाडि सारेर फुरफुर नगर

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।

इलाममा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले पूर्वराजाले छोरा बुहारीलाई अगाडि सारेर आफूमाथि ढुंगामुढा भएको भन्दै ट्वीटरमा लखेको भन्दै आक्रोश पोखेका हुन् ।

झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको भन्दै ओली आक्रोशित बनेका हुन् ।

‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फरफुर नगर । बर्ता फुरफुर गने होइन । हामीले हिसाब कितान नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताव गरेका छौनौँ । हिसाव किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !,’ओलीले भने ।