
काठमाडौं, १४ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेकपा एमालेका खगराज अधिकारी पदमुक्त भएपछि पाण्डेले कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको समर्थनमा दाबी पेश गरेका थिए ।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ अर्थात् बहुमतको आधारमा नयाँ सरकार गठनको लागि आजसम्म दाबी पेश गर्न सकिने समयसीमा दिएका थिए ।
पाण्डेलाई सपथ भने भोलि गराइने बताइएको छ ।















प्रतिक्रिया