
काठमाडौं, १४ वैशाख । नेकपा एमालेले काठमाडौं महानगर वडा नंवर ६ सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ ।
मुलुकको शान्तिसुरक्षामा ठूलो चुनौती देखिएको भन्दै सरकारको ध्यानाकर्षण गर्न सिंहदरबार गएका एमाले नेताहरूले घटनामा संलग्नहरूलाई पक्राउ गर्न माग गरेका हुन् ।
एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी दोषीलाई कारबाहीको माग गरेका हुन् ।
सुरक्षासँग जोडिएका पछिल्ला घटनाहरूको प्रवृत्तिलाई राज्यकै तर्फबाट प्रोत्साहन भइरहेकोतर्फ सचेत गराउँदै उनीहरूले सरकारलाई संवेदनशील बन्न सुझाव पनि दिएका छन् ।















प्रतिक्रिया