
काठमाडौं, १४ वैशाख । १७औं वर्षमा प्रवेश गरेको सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई थप सहजताका लागि आफ्नो नयाँ एआई च्याटबट सुविधा ‘नागरिका मस्कट’ सार्वजनिक गरेको छ ।
बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मस्कट सार्वजनिक गरेका हुन् ।
बैंकले आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको छ ।
च्याटबट एक एआईद्वारा सञ्चालित भर्चुअल सहायक हो जसले ग्राहकहरूसँग अन्तरक्रिया गर्न प्राकृतिक भाषा प्रशोधन र मेसिन लर्निङ एल्गोरिदमहरू प्रयोग गर्दछ । यो सुविधाले ग्राहकहरूलाई बैंकसँग सम्बन्धित जिज्ञासा र अनुरोधहरूको तुरुन्त प्रतिक्रियाहरू प्राप्त गर्न सक्षम पार्छ ।
च्याटबटमार्फत, ग्राहकहरूले सरल र सहज संवादात्मक इन्टरफेसमार्फत विभिन्न बैंकिङ गतिविधिहरू गर्न सक्छन् । जस्तै, खाता मौज्दात जाँच, खाता खोल्न, उच्च ब्याजदर बुझ्न, सिटिजन्स एप सक्रिय गर्न, शाखा स्थान बुझ्न र अन्य धेरै सुबिधाहरू उपलब्ध रहेको बैंकले जनाएको छ ।
ग्राहकहरूले च्याटबटमा आफ्नो जिज्ञासा वा अनुरोध टाइप गरेर कुराकानी सुरु गर्न र उपयुक्त बैंकिङ सेवामा मार्गदर्शन प्राप्त गर्न सक्नेछन् । साथै डाटा गोपनीयता र सुरक्षाका लागि बैंकको प्रतिबद्धताको एक भागको रूपमा, च्याटबटले ग्राहकहरूको जानकारी सुरक्षित समेत गर्ने बैंकको भनाइ छ ।















प्रतिक्रिया