
काठमाडौं, १४ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि गठबन्धनकोतर्फबाट नेपाली काँग्रेसका डिल्लीराम चौधरीले दाबी पेश गरेका छन् ।
गठबन्धनमा आवद्व ८ दलको हस्ताक्षरसहित चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका हुन् ।
चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलका ५३ जना संसदले हस्ताक्षर गरेका छन् ।
चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका हुन् ।















प्रतिक्रिया