
काठमाडौं, १४ वैशाख । नेपालले एसिसी प्रिमियर कपमा कतारलाई ६८ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।
नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
जितको लागि १५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन बनाएर अल आउट भयो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १५७ रन बनाएर अल आउट भएको थियो ।















प्रतिक्रिया