
काठमाडौं, १४ वैशाख । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश थकाली नियुक्त भएका छन्।
बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले थकालीलाई भोलि शुक्रबार बाट कार्यभार सुरू गर्ने गरी ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो ।
हाल प्रभु बैंकको चिफ बिजनेश अफिसरका रुपमा कार्यरत थकालीसँग प्रभु बैंकमै चिफ अफरेटिङ अफिसर र प्रभु क्यापिटलको प्रबन्ध निर्देशकको रुपमा कार्य गरेको अनुभव छ ।
लामो समयदेखि बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत थकालीसँग सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीईओ पदमा कार्य गरेको अनुभव पनि छ ।
उनले दुई वर्ष प्रभु क्यापिटलको प्रबन्ध निर्देशकको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।















प्रतिक्रिया