शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

वडाध्यक्षले हाने उपसचिवलाई मुक्का (भिडिओसहित)

दैनिक नेपाल २०८० वैशाख १४ गते १४:३१

सुर्खेत, १४ वैशाख । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष विनोदसिंह विष्टले उपसचिवलाई मुक्का प्रहार गरेका छन् ।

वडाध्यक्ष विष्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका हुन् ।

अहिले समाजिक सञ्जालमा मुक्का प्रहार भएको भिडिओ भाइरल भइरहेको छ । भिडिओमा वडाध्यक्ष र उपसचिवबीच सडक वा जग्गाको विषयमा भनाभन भएको सुनिन्छ ।

त्यसक्रममा वडाध्यक्ष विष्टले ‘म यहाँको वडाध्यक्ष हुँ’ भनेको भनेको स्पष्ट सुनिन्छ त्यसपछि उपसचिव कार्कीले रिसाएर वडाध्यक्ष विष्टलाई धकेल्छन् ।

सँगै रहेका स्थानीयले कार्कीलाई रोकिहाल्छन् । कार्कीले धकेलेपछि वडाध्यक्ष आफैँले ‘पुलिस बोलाऔँ’ भनेको भिडिओमा सुनिन्छ । तर लगत्तै वडाध्यक्षको रिसको पारो चढ्छ र कसेर उपसचिव कार्कीको मुख मै मुक्का प्रहार गर्छन ।

मुक्का प्रहारपछि उपसचिव कार्की लडेका भिडिओमा देखिन्छ । घटनाको भिडिओ सार्वजनिक भएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित