३ कार्तिक २०८३, मंगलबार

काँग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै गठबन्धनले हस्ताक्षर बुझाउँदै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्री दाबी गर्दै गठबन्धनले आज प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाउने भएको छ ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै गठबन्धनले हस्ताक्षर बुझाउन लागेको हो ।

नेकपा (एमाले) का लिला गिरी नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

मुख्यमन्त्री गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि सरकार ढलेको हो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका छन्।