१ कार्तिक २०८३, आइतबार

एसीसी प्रिमियर कपः नेपाल र कतार भिड्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । आजको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

जारी प्रतियोगिताको समूह ए मा रहेको नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

यसैगरी, आजै समूह बी मा रहेको हङकङ र कुवेतबीचको खेल हुँदैछ । खेल बिहान ९ बजेबाट मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

यसअघि समूह बी बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिम एसिया कपका लागि छनोट हुनेछ ।