२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास, बामदेवविरूद्वको मुद्दा साढे दुई वर्षपछि सुनुवाई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर आज दिउँसो गृहजिल्ला झापामा आक्रमण भएको छ । झापाको बुद्ध शान्ति गाउँपालिकाको बुधबारे बजारमा आज दिउँसो केही उछृङखल समूहबाट उहाँको गाडीमाथि आक्रमण भएको हो ।

कोशी प्रदेशको विपक्षमा आन्दोलनरत जातीय समूहले बुधबारे बजारमा छापामार शैलीमा एकाएक अध्यक्ष ओलीमाथि आक्रमण गरेका थिए ।

चियापसलमा चुपचाप बसेका आक्रमणकारी अध्यक्ष ओलीको गाडी आउनासाथ सडकमा निस्केर कालोझण्डा देखाउँदै आक्रमणमा उत्रिएका थिए । आक्रमणकारीको ढुंगा प्रहारबाट एक जना प्रहरी इन्स्पेक्टर र हबल्दार घाइते भएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–