३ कार्तिक २०८३, मंगलबार

झापामा एमाले अध्यक्ष ओलीमाथि कसरी भयो आक्रमण ? (भिडिओसहित)

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर आज दिउँसो गृहजिल्ला झापामा आक्रमण भएको छ । झापाको बुद्ध शान्ति गाउँपालिकाको बुधबारे बजारमा आज दिउँसो केही उछृङखल समूहबाट उहाँको गाडीमाथि आक्रमण भएको हो ।

कोशी प्रदेशको विपक्षमा आन्दोलनरत जातीय समूहले बुधबारे बजारमा छापामार शैलीमा एकाएक अध्यक्ष ओलीमाथि आक्रमण गरेका थिए ।

चियापसलमा चुपचाप बसेका आक्रमणकारी अध्यक्ष ओलीको गाडी आउनासाथ सडकमा निस्केर कालोझण्डा देखाउँदै आक्रमणमा उत्रिएका थिए । आक्रमणकारीको ढुंगा प्रहारबाट एक जना प्रहरी इन्स्पेक्टर र हबल्दार घाइते भएका छन् ।

घटनामा संलग्न नेपाली काँग्रेसका कार्यकर्ता बुलेट किराँती र मित्र लिङ्देनलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष ओली ललितपुरमा आज बिहान आयोजित मनमोहन स्मृति दिवसमा सहभागी भएर आजै झापा पुगेका थिए ।

झापामा अर्जुनधारा मन्दिरको दर्शन गर्नुका साथै रोगबाट ग्रसित किसान नेता जयनारायण ओलीकी धर्मपत्नी कृष्णकुमारी ओलीलाई भेटेर उनी बुधबारे जाँदै थिए । सोहीक्रममा अध्यक्ष ओलीमाथि आक्रमण भएको हो ।