३ कार्तिक २०८३, मंगलबार

बाहिर हल्ला चलेजस्तो अर्थतन्त्र धेरै खराब अवस्थामा छैन: अर्थमन्त्री महत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । अर्थमन्त्री डा.प्रकाशशरण महतले बाहिर हल्ला चलेजस्तो अर्थतन्त्री धेरै खराब अवस्थामा नरहेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभा बैठकमा बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका जिज्ञासाको जवाफ दिदै मन्त्री महतले बाहिर हल्ला चलेजस्तो अर्थतन्त्र धेरै खराब अवस्था नरहेको तर अर्थतन्त्रमा आएका केही अप्ठेरा र दवाबहरूलाई फुकाउन सरकार क्रियाशिल रहेको बताए ।

बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै पेश भएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका जिज्ञासाको जवाफ दिदै मन्त्री महतले तरलता अभावका कारण ब्याजदर बढ्नु, पुँजीगत खर्च गर्ने क्षमता बढ्न नसक्नु र आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च गर्ने प्रवृत्ति कायमै रहनुजस्ता समस्या रहेको धारणा राखे ।

उनले अर्थतन्त्रमा देखिएका संरचनात्मक समस्यालाई पनि समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री महतले आगामी बजेटमार्फत अर्थतन्त्र सुधारका लागि धेरै काम गर्नका लागि आवश्यक गृहकार्य भइरहेको पनि बताए ।

तलब भत्ता नै खुवाउन नसक्ने अवस्था अर्थतन्त्र नरहेको उनले स्पष्ट पारे ।