
काठमाडौं, १३ वैशाख । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितसँग गरिएको सम्झौतालाई कार्यान्वयन गर्दै समस्या सदाका लागि अन्त्य गरिने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेष्ठले मिटरब्याजलाई फौजदारी कानूनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन मस्यौदा विधेयक मन्त्रिपरिद्ले स्वीकृत गरिसकेको र छिटै संसदमा पेश गरिने जानकारी दिए ।
उनले नागरिकता सम्बन्धी कानूनलाई सबैको सहमतिमा नै अघि बढाउनका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।
श्रेष्ठले शान्तिप्रक्रियाका बाँकी कामलाई अघि बढाउनका लागि सबैको सहयोग आवश्यक रहेकाले सबैको भावना अनुसार नै संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई अघि बढाइने धारणा राखे ।















प्रतिक्रिया