शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समर्थकले गाली गरेपछि रविले घुँडा टेकेर युवतीसँग मागे माफी (भिडिओ)

दैनिक नेपाल २०८० वैशाख १३ गते १६:०८

काठमाडौं, १३ वैशाख । आफ्ना समर्थकहरूबाट अश्लिल गालीको सिकार भएकी एक युवतीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले माफी मागेका छन् ।

उपनिर्वाचनअघि युवतीले रवि लामिछानेलाई मत नदिने बताएपछि लामिछानेका समर्थकले किशोरीलाई गाली गरेका थिए ।

लामिछानेले बुधबार किशोरीको घरमै पुगेर माफी मागेका हुन् । रविले घुँडा टेकेरै माफी मागेका भिडिओमा देखिन्छ ।

उनले आफूलाई लागेको कुरा निर्धक्क भन्न पाइने बताउँदै युवतीसँग माफी मागेका हुन् ।

‘मन नपर्दा विरोध गर्न पाइन्छ, सरी नानु। म यसरी बसेर सरी भन्छु, तपाईं छोरी जस्तो बहिनी जस्तो मान्छे। जसले गाली गरे पनि मैले भनेर गरेको होइन। मलाई थाहा पनि छैन। जसले गाली गरेको भए पनि उनीहरूको तर्फबाट म माफी माग्छु,’ लामिछानेले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित