३ कार्तिक २०८३, मंगलबार

राष्ट्रपतिको रोगबारे सदनलाई जानकारी गराउन एमालेको माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारेमा जानकारी गराउन माग गरेको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा एमाले सांसद डा. विमला राईले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारेमा जानकारी गराउन माग गरेकी हुन् । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै राईले राष्ट्रपतिलाई के भएको भन्ने आधिकारीक जानकारी गराउन माग गरेकी हुन् ।

‘हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ । बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ । तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई ? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो ? अनि उहाँको सुधार कस्तो भइराखेको छ ? यो विषयमा सरकारले जनताहरूको लागि सदनमा जानकारी गराउनुपर्छ । वीर अस्पतालमा भिभिआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको छ । हाम्रा भिभिआइपीहरू धेरैजसो बाहिरै गएर उपचार गराइरहनु भएको छ । कुन–कुन रोगको नेपालमा उपचार हुँदैन रु र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ । यसमा ध्यानाकर्षण गराएँ,’ उनले भनिन् ।