३ कार्तिक २०८३, मंगलबार

अर्थमन्त्री पुगेपछि राष्ट्रिय सभा बैठक सुचारू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । १४ मिनेटका लागि स्थगित गरिएको राष्ट्रिय सभा बैठक सुचारू भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बैठकमा अवरोध गरेपछि बैठक १४ मिनेटका लागि स्थगित गरिएको थियो ।

जरूरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै एमालेले बैठकमा अवरोध गरेको थियो ।

अर्थमन्त्री प्रकाशशरण महत बैठकमा पुगेसँगै बैठक सुचारू भएको हो ।