
काठमाडौं, १३ वैशाख । सन २०२१ मा अफगानिस्तानको काबुल विमानस्थलमा आत्मघाती बम आक्रमण गराउने योजनाकार मारिएका छन् ।
आईएसका नेता रहेका उनलाई तालिवानले इन्काउन्टरमा मारेको हो ।
तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तान छोडेर भाग्नका लागि काबुल विमानस्थलमा जम्मा भएका आमसर्वसाधारण र सैनिकहरूकोबीचमा आत्मघाती आक्रमण भएको थियो ।
उक्त आक्रमणमा १७० जना सर्वसाधारण र १३ अमेरिकी फौजको ज्यान गएको थियो । उनी मारिएको पुष्टि गर्न समय लागेको बताइएको छ । हालसम्म उनको नाम ण्सार्वजनिक गरिएको छैन।















प्रतिक्रिया